विश्व टेष्ट च्याम्पियनसिपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप २०१९/२१ को फाइनल आगमी जुनमा इंग्ल्यान्डको साउथह्याप्टनमा हुँदैछ । नौ देशबीच दुई बर्षसम्म चलेको च्याम्पियनसिपको अंक तालिकामा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा हुँदै फाइनलमा स्थान बनाएका हुन् । विश्व टेष्ट वरियताका शीर्ष यी दुई टोलीबीच प्रतिस्पर्धा उच्च हुने अपेक्षा गरिएको छ ।

सन् २०१९ देखि सुरु भएको विश्व टेष्ट च्याम्पियनसिपमा आइसिसीका विश्व वरियतामा शीर्ष ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । इंग्ल्यान्ड र अष्ट्रेलिया जस्ता देशले भने फाइनलमा स्थान बनाउन सकेनन् । दुई महिना अघि भारतसँगको चार टेष्ट सिरिज ३–१ ले गुमाएको इंग्ल्यान्ड घरेलु मैदानमा हुने फाइनलमा दर्शक बन्नेछ ।

कोरोनाका कारण दक्षिण अफ्रिकासँग सिरिज स्थगित हुँदा अष्ट्रेलियाले पनि फाइनलमा स्थान बनाउन सकेन । फाइनलमा पुग्न नसकेपनि ब्याटिङ र बलिङ दुवैमा अष्ट्रेलिया खेलाडी शीर्षस्थानमा रहे । बलिङमा तीव्र गतिका बलर प्याट कमिन्स ७० विकेटका साथ शीर्ष स्थानमा रहे । विश्व टेष्ट च्याम्पियनसिपमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी अष्ट्रेलिया डेविड वार्नर बने । वार्नरले २०१९ मा पाकिस्तानविरुद्ध ३ सय ३५ रनको अविजित इनिङ खेलेका थिए ।

एकै इनिङमा सर्वाधिक रन न्युजिल्यान्डले पाकिस्तानविरुद्ध गत जनवरीमा ६ सय ५९ रन बनाएको थियो । विश्व क्रिकेटका चर्चित ब्याट्सम्यान विराट कोहली, बाबर आजम, डेविड वार्नर, केन विलियम्सन जस्ता खेलाडी शीर्ष पाँचमा अट्न सकेनन् । फाइनल अघि विश्व टेष्ट च्याम्पियनशिपमा सर्वाधिक रन बनाउने ५ ब्याट्सम्यान यस प्रकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *