क्रिकेटका पाँच अप्रत्याशित क्षण

एजेन्सी – क्रिकेट विश्वकै लोकप्रिय खेलमा गनिन्छ । हरेक खेलमा अनुशासन निकै महत्वपूर्ण हुन्छ । खेललाई अनुशासनभित्र राख्न आ–आफ्ना नियम हुन्छन् । नियममा उल्लेख नभएपनि खेलाडीले आफूलाई खेल भावनामा रहेर खेल्न अनुशासनमा रहनुपर्छ । अझ क्रिकेट त भद्रभलाद्मीको खेलका रुपमा परिचित रहेकाले अनुशासन र खेलभावनालाई निकै प्राथमिकतामा राखिन्छ ।

क्रिकेट एक रोमाञ्चक खेल हो । क्रिकेटमा कुनै भर हुँदैन । विशेष गरेर सिमित ओभरको खेलमा । अन्तिम बल र विकेट बाँकी रहँदासम्म खेलको नतिजा बदलिन सक्छ । पछिल्लो समय विकास भएको टि२० शैली र टि१० प्रतियोगिताले क्रिकेट आम समर्थकमाझ झनै लोकप्रिय बनाएको छ ।

तर कहिलेकाहीँ मैदानमा अप्रत्याशित घटना घट्ने गर्दछन् । जेन्टलम्यान मानिने खेलाडीले नै अनुशासन तोड्ने गर्दछन् । यस्ता दृश्यले समर्थकलाई आश्चर्य पार्छ । खेलको दौरानमा मैदानमा घटेका पाँच दृश्यहरुको छोटकरीमा व्याख्या गरिएको छ ।

पाकिस्तानका आक्रामक ब्याट्सम्यान शाहिद अफ्रिदी जब मैदान छिर्ने गर्दथे तब उनको ब्याटबाट निस्कने रनले समर्थकलाई निकै खुसी पार्दथियो । आक्रामक ब्याटिङका लागि परिचित बुम बुम अफ्रिदी पाकिस्तानका सर्वाधिक सफल अलराउन्डर खेलाडीमा पर्दछन् । पाकिस्तान र न्युजिल्यान्डबीचको २०१४ ओडिआई सिरिजको कुरा हो ।

यूएईमा पाकिस्तानको जितपछि पोष्ट म्याचमा रमिज राजाले अफ्रिदीलाई मास्टर ब्लास्टर अवार्डको लागि बोलाए । जसक्रममा उनलाई ५ सय अमेरिकी डरको चेक दिन प्रायोजकबाट एक महिला आएकी थिइन् । उक्त महिलाले अफ्रिदीसँग हात मिलाउन खोजेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *