राष्ट्रिय टोलीमा परेर डेब्यु गर्न नपाएका क्रिकेटर

कुनैपनि खेलाडीको सर्वाधिक ठूलो सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ । राष्ट्रिय टोलीको जर्सीमा खेल्ने सपना कसैको चाँडै पूरा हुन्छ भने केहिले लामो समय पर्खनुपर्छ । कसैको सपनामा मात्र सिमित हुन्छ ।सामान्यतया उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि कुनैपनि खेलाडीको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाईन्छ । बन्द प्रशिक्षण पछि अन्तिम टोली घोषणा गर्ने गरिन्छ । अन्तिम टोलीमा पर्ने खेलाडीलाई राष्ट्रिय टोलीबाट खेल्ने आशा र सम्भावना हुन्छ । अन्तिम टोलीमा परेपनि डेब्यू गर्छ भन्ने हुँदैन ।

टोलीमा त्यो भूमिकामा प्रतिस्पर्धा कतिको छ र अन्य खेलाडी कस्तो छ त्यसमा निर्भर रहन्छ । आन्तरिक प्रतिस्पर्धा, टोलीको रणनीति, सन्तुलन, आवश्यक लगायत विभिन्न कुरालाई ध्यानमा राखेर प्लेइङ ११ निर्धारण गर्ने गरिन्छ । राष्ट्रिय क्रिकेट टोलीको अन्तिम सदस्य टोलीमा परेपनि डेब्यू गर्न नपाएका ७ नेपाली क्रिकेट खेलाडी यस प्रकार छन् ।

नेपालले पहिलो पटक १९९६ मा मलेसियामा भएको एसिसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको थियो । उत्तम कर्माचार्यको कप्तानीमा नेपाली टोली मलेसिया भ्रमण गरेको थियो । अलराउन्डर विशाल गुप्ता पनि टोलीमा थिए । नेपालको समूहमा बंगलादेश, फिजी, हङकङ, ब्रुनेई र जापान थिए । तर विशाल गुप्ताले कुनैपनि खेल खेल्न पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *