चेल्सी, लिभरपुल र लेस्टरको च्याम्पियन्स लिग भविष्य आज टुंगो लाग्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिगको यो सिजन आज (आइतबार) सकिँदैछ । म्यानचेस्टर सिटीले तीन खेल बाँकी छदै उपाधि हात पार्दा रेलिगेसनमा पर्ने तीन टोलीको पनि टुंगो लागिसकेको छ ।आइतबार हुने यो सिजनको अन्तिम दिनको खेलमा च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको भन्दा पनि अर्काे सिजन युरोपमा खेल्ने (च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स कप) का लागि खेल्ने टोलीको स्थान निर्धारण महत्त्वपूर्ण हुनेछ ।

लिगको अन्तिम खेलमा आइतबार एकै समयमा १० खेल हुनेछ, जहाँ ८ टोलीले युरोपमा हुने प्रतियोगितामा छनोट हुनका लागि चुनौती पेश गर्नेछन् । युइएफए च्याम्पियन्स लिगका लागि चेल्सी, लिभरपुल र लेस्टर सिटीबीच शीर्ष चारको होडमा रहेको छ । यि तीनमध्ये दुई टोली शीर्ष चारमा पुग्नेछन् ।

युरोपा लिगका लागि पनि वेस्ट ह्याम युनाइटेड, टोटेनहम र एभर्टनबीच चर्काे प्रतिस्पर्धा छ । अर्को सिजनदेखि सुरु हुने युरोपा कन्फ्रेन्स लिगका लागि आर्सनल र लिड्स युनाइटेड दौडमा छन् । अहिलेसम्म च्याम्पियन्स लिगका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले मात्र स्थान सुरक्षित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *