मुश्फिकुरको संयमित शतकमा श्रीलंकालाई मध्यम लक्ष्य

एजेन्सी – अनुभवी विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिमको शतकको सहयोगमा बंगलादेशले श्रीलंकालाई दोस्रो ओडिआई खेलमा २ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । शेर बंगला स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश ४८.१ ओभरमा २ सय ४६ रनमा अल आउट भयो ।

बंगलादेशका मुश्फिकुर रहिमले १ सय २७ बलमा १० चौका सहित सर्वाधिक १ सय २५ रनको शतकीय इनिङ खेले । मुश्फिकुर बाहेक अन्य ब्याट्सम्यानले ठुलो इनिङ खेल्न सकेनन् । मुश्फिकुरले १ सय १४ बलमा आफ्नो ओडिआई करिअरको आठौं शतक पूरा गरेका थिए । दोस्रो ओभरको पहिलो बलमै ओपनर तथा कप्तान तमिम इकबाललाई तीव्र गतिका बलर दुश्मन्था चामिराले १३ रनमा एलबिडब्लू आउट गरेका थिए । चामिराले तीन बलपछि सकिब अल हसनलाई एलबिडब्लू आउट गर्दै शून्यमा फर्काए ।

१२ औं ओभरको पहिलो बलमा लक्षन सन्दकनले लिटन दासलाई २५ रनमा वानिन्दु हसरंगाबाट क्याच आउट गराउँदा बंगलादेश ४९–३ को कमजोर अवस्थामा पुगेको थियो । दासले ४२ बलमा दुई चौका प्रहार गरे । सन्दकनले मोद्दासेक होसैनलाई १० र महमुदूल्लाहलाई ४१ रनमा कप्तान कुसल परेराबाट क्याच गराउँदै दबाबमा राखेका थिए । महमुदूल्लाहले ५८ बलमा २ छक्का र १ चौका प्रहार गरे । तल्लोक्रममा अफिफ हुसैन १०, मेहिदी हसन शून्य र मोहम्मद सैफुद्दीन ११ रनमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *