सान्चेजलाई स्थायी खेलाडी बनाउन इन्टर इच्छुक

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले चिलीका फरवार्ड एलेक्सिस सान्चेजलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्ने तयारी थालेको छ ।यस सिजन प्रभावकारी प्रदर्शन गरेपछि इन्टरले लोनमा खेलिरहेका सान्चेजलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्न चाहेको हो ।

३१ वर्षीय सान्चेज म्यानचेस्टर युनाइटेडबाट एक सिजनको लागि लोनमा इन्टर आएका थिए ।यस सिजन सान्चेजले क्लबका लागि २८ खेलमा ४ गोल गरेका छन् । यस्तै उनले गोलका लागि असिस्ट समेत गरिरहेका छन् ।

जसको कारण उनलाई क्लबमा राख्न इन्टर इच्छुक रहेको युरोपियन मिडियाहरुले जनाएको छ ।सिरी ‘ए’ लिगमा इन्टर दोस्रो स्थानमा रहेको छ । सन् २०११ पछि इन्टर पहिलो पटक शीर्ष तीनमा रहेर सिजनको अन्त्य गर्न चाहन्छ ।

यता, सान्चेज भने ओल्ड ट्राफोर्ड फर्कन चाहन्छ । युनाइटेडसँग सान्चेजको सम्झौता २०२२ सम्म रहेको छ ।युनाइटेडका मुख्य प्रशिक्षक भने सान्चेजलाई क्लबमा राख्न चाहदैनन्।तर, प्रशिक्षक ओले गुनार सोल्सायर उनलाई एक मौका दिनेबारे विचार गरिरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *