च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिड र युभेन्ट्स भिड्न सक्ने

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ।युइएफएले आगामी अगस्टमा क्वार्टरफाइनलदेखिको प्रतिस्पर्धा मिनि-टुर्नामेन्टको रुपमा आयोजना गर्दैछ। कोरोना भाइरसका कारणले प्रभावित सिजनको लिगको अन्तिम ८ देखिका खेल एक लेगको मात्र हुनेछ।

पोर्चुगलमा हुने मिनि-टुर्नामेन्टअघि बाँकी रहेका अन्तिम १६ का दोस्रो लेगका चार खेल हुनेछन्।जसमा रियल म्याड्रिड भर्सेस म्यानचेस्टर सिटी, लियोन भर्सेस युभेन्ट्स, नापोली भर्सेस बार्सिलोना र चेल्सी भर्सेस वायर्न म्युनिखबीच खेल छन्।

पहिलो लेगमा म्यानचेस्टर सिटीले रियललाई २–१ गोलले हराएको थियो भने लियोनले युभेन्ट्सलाई १-० ले हराएको थियो। यस्तै नापोली र बार्सिलोनाबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो भने वायर्नले चेल्सीलाई ३-० ले हराएको थियो।

दोस्रो लेगको खेलको भेन्यू दुई क्लबको आपसी सहमतिमा तय हुने जनाइएको छ।लाइपजिग, एट्लेटिको म्याड्रिड, एटलान्टा र पिएसजीले भने अन्तिम आठमा स्थान पक्का गरेका थिए।

क्वार्टरफाइनलको ड्र:क्वार्टरफाइनलका खेल १२ देखि १५ अगस्टसम्म हुनेछ। त्यसअघि बाँकी रहेका अन्तिम १६ का खेल ७ र ८ अगस्टमा हुनेछन्।१) रियल म्याड्रिड वा म्यानचेस्टर सिटी भर्सेस लियोन वा युभेन्ट्स२) लाइपजिग भर्सेस एट्लेटिको म्याड्रिड३) नापोली वा बार्सिलोना भर्सेस चेल्सी वा वायर्न म्युनिख४) एटलान्टा भर्सेस पिएसजी

सेमिफाइनल ड्र:सेमिफाइनल १८ र १९ मा अगस्टमा हुनेछपहिलो क्वार्टरफाइनलको विजेता भर्सेस तेस्रो क्वार्टरफाइनलको विजेता दोस्रो क्वार्टरफाइनलको विजेता भर्सेस चौथौ क्वार्टरफाइनलको विजेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *