बाल्यकालको क्लबलाई गुण्डोगानको सहयोग

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुण्डोगानले च्याम्पियन्स लिगको बोनस बापतको रकम आफ्नो बाल्यकालको क्लबलाई सहयोग गरेका छन् ।गुण्डोगानले जर्मनीमा रहेको बाल्यकालको क्लब हेसलर ०६ लाई आर्थिक सहयोग गरेका हुन् ।जर्मन मिडफिल्डरले क्लबलाई ३ लाख युरो सहयोग गरेका हुन् । उक्त रकम च्याम्पियन्स लिगको फाइनल पुग्दा सिटीबाट आएको बोनस हो ।

च्याम्पियन्स लिगको फाइनलमा सिटी चेल्सीसँग १-० ले पराजित भएको थियो ।क्लबले निर्माण गर्न लागेको कृतिम मैदानमा लागि गुण्डोगानले सहयोग गरेका हुन् ।’गुण्डोगान बिना यो परियोजना सुरु गर्न हामी सक्षम भएका थिएनौं,’ क्लबका अध्यक्ष रेनर कोनिएत्स्काले भनेका छन् ।गुण्डोगान यतिबेला युरोकपको तयारीमा जर्मन टिमसँग रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *