निराश रोनाल्डो !

एजेन्सी । क्रिस्टियानो रोनाल्डो निराश छन् । उनी यस सिजनको युरोपियन गोल्डेन बुटबाट बञ्चित हुने देखिएको छ ।सिरि ए फुटबलको पछिल्लो खेलमा रोनाल्डो गोल गर्न असफल रहे ।

रोनाल्डोले गोल संख्या बढाउन नसकेपछि उनी ईटालीकै सिरो ईम्मोबिलसंग गोल्डेन बुटको दौडमा चार गोलले पछि परेका छन् ।रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरेका छन् । तर उनले बुधबार गोल गर्न सकेनन् । रोनाल्डोको जादु नचलेपछि युभेन्ट्सले काग्लियारीसंग २–० को हार ब्यहोर्यो ।

रोनाल्डोका प्रतिद्धन्दी ईम्बोबिलले यस सिजन युभेन्ट्सका स्टार खेलाडी भन्दा चार गोल बढी गरेका छन् । दुवै खेलाडीले सिरि एमा अन्तिम एक खेल्न बाँकीनै छ ।ईम्मोबिलले बुधबार सर्वाधिक गोलकर्ताको दौडमा जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई समेत पछि पारे ।

बायर्नका फरवार्डले यस सिजन बुन्डेसलिगामा ३४ गोल गरेका थिए । लाजियोका ईम्मोबिलले गोल संख्या ३५ पुर्याएका छन् ।ईम्मोबिल सिरि एको सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्न मात्र एक गोलले पछि छन् । सन् २०१५–१६ को सिजनमा नापोलीका गोन्जालो हिग्युनले ३६ गोलको कीर्तिमान कायम गरेका थिए ।

लाजियो फरवार्ड सो कीर्तिमानबाट मात्र एक गोलले पछि छन् ।रोनाल्डोकै प्रेरणादायी प्रर्दशनमा युभेन्ट्सले यस सिजनको लिग उपाधि उचालेको थियो ।गत सिजन समेत युभेन्ट्सलाई घरेलु लिग जिताएका रोनाल्डोले यस सिजन समेत लगातार नवौं पटक सिरि एमा टुरिन क्लबलाई सफलता दिलाए ।

तर ईटाली आएपछि रोनाल्डोले ब्यक्तिगत स्पर्धामा खासै प्रतिस्पर्धा गर्न सकेका छैनन् । रोनाल्डोकै प्रर्दशनमा केन्द्रित युभेन्ट्स यस सिजनको च्याम्पियन्स लिगको समेत बलियो दाबेदार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *