च्याम्पियन्स लिग ड्र : सम्पूर्ण जानकारी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत जारी सिजनका बाँकी खेलहरुको खेल तालिका निर्धारण गर्न शुक्रबार स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा समारोह हुँदैछ । नेपाली समयअनुसार समारोह दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

कोरोनाले च्याम्पियन्स लिग स्थगित हुनुअघि नै ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । इंग्लिस टोली टोटेनहम हट्सपर आरबी लाइप्जिगसँग पराजित हुँदा साविक विजेता लिभरपुल एटलेटिको म्याड्रिडसँग पराजित भएको थियो । पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमुन्डलाई हराउँदै अगाडी बढेको थियो ।

राउन्ड अफ १६ मा अझैपनि ४ खेल बाँकी रहेको छ । चेल्सीले पहिलो लेगमा बायर्नसँग ३-० को हार बेहोरेको थियो । नेपोलीले घरेलु मैदानमा खेल्दा नेपोलीसँग पहिलो लेगमा खेलेको १-१ को बराबरीलाई सुधार्ने प्रयास गर्नेछ । रियल म्याड्रिड घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग भोगेको २-१ को हारको बदला लिने सुरमा हुनेछ । लियोन पहिलो लेगमा १-० को जित दर्ता गरेपछि दोस्रो लेगमा कम्तिमा त्यसलाई बचाउन तत्पट हुनेछ ।

ड्र कसरी हुन्छ ?समग्रमा आज हुने समारोहमा तीन पटक ड्र हुनेछ । पहिलो ड्र क्वाटरफाइनल चरणमा तालिका निर्धारण गर्न हुनेछ । दोस्रो ड्रले सेमिफाइनल चरणका खेल निर्धारण गर्नेछ । तेस्रो ड्र भने कुन टोली घरेलु टोलीका रुपमा रहने भन्ने निर्धारण गर्न हुनेछ । बाँकी चरणका खेल एक लेगमा हुने भएपनि प्रशासनिक कारणले यो निर्धारण गर्नुपर्ने हुन्छ ।

क्वाटरफाइनल चरणदेखि जुनसुकै टोलीको पनि सामना गर्नुपर्ने हुन्छ । राउन्ड अफ १६ सम्म भने एकै देशका टोलीले एक अर्कासँग खेल्न नपर्ने प्रावधान रहेको थियो । राउन्ड अफ १६ कै खेल बाँकी रहेपनि सेमिफाइनलसम्म कै खेल तालिका निर्धारण हुनेछ ।

खेल कहाँ हुनेछ ?क्वाटरफाइनल चरणदेखि सबै खेल पोर्चुगलको लिस्बनमा आयोजना हुनेछ । राउन्ड अफ १६ का खेल भने सम्बन्धित क्लबहरुले एक आपसमा छलफल गरेर तय गर्नेछन् । सबै खेल एक लेगको हुने भएकाले खेल बराबरीमा भए अतिरिक्त समय र त्यसपछि टाइब्रेकरमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *