एसिया कप एक वर्ष स्थगित

काठमाडौं-एसिया कप क्रिकेट कोरोना भाइरस (कोभिड–१९) को कारण एक वर्षका लागि स्थगित भएको छ।एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसिया कप एक वर्ष पर सार्ने निर्णय गरेको हो। एसिया कप क्रिकेट यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय थियो। तर कोरोना भाइरसको संकटका कारण एक वर्षसम्म सार्न बाध्य भएको एसिसीले उल्लेख गरेको छ।

एसिसीले २०२१ को जुनसम्मको लागि स्थगित गरेको पनि उल्लेख गरेको छ। प्रतियोगितामा ६ टिमले खेल्ने छन्। तर कोरोनाकै कारण मलेसियामा हुने एसिया कपको छनोट प्रतियोगिता पनि रोकिएको थियो।आगामी वर्ष एसिया कपको आयोजना श्रीलंकाले गर्ने एसिसीले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *