आलाभेसलाई हराउँदै रियलको यात्रा उपाधितर्फ

एजेन्सी । ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले जित निकाल्दै ला लिगाको उपाधितर्फ नजिक पुगेको छ ।शुक्रबार राति सम्पन्न खेलमा रियलले स्टेडियो अल्फ्रेडो डी स्टेफानो खेल मैदानमा आलाभेसलाई २-० गोलले पराजित गरेको हो ।

रियलको जितमा खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत करिम बेन्जेमाले तथा ५१ औं मिनेटमा मार्को एसेन्सीयोले गोल गरे । यस जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा पुनस् ४ अंकको अग्रता कायम गरेको छ ।

रियलको ३५ खेलमा ८० अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोडेका छन् । रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ । लिगमा अब ३ चरणका खेल बाँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *